लेख विवरण

इण्डिया सिमेन्ट्स प्रो च्याम्पियनसिपमा शुक्र कट बनाउन सफल

इण्डिया सिमेन्ट्स प्रो च्याम्पियनसिपमा शुक्र कट बनाउन सफल

काठमाडौं । प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजीटिआई) अन्तर्गत इण्डिया सिमेन्ट्स प्रो च्याम्पियनसिपमा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई चार स्थान माथि उक्लिएका छन्।

चेन्नईस्थित टीएनजीएफ कस्मो गल्फ कोर्समा जारी च्याम्पियनसिपको दोस्रो दिन १-अन्डर ७१ स्कोर गर्दा शुक्र समग्रमा ३-अन्डर १ सय ४१ सहित संयुक्तरुपमा २३औं स्थानमा रहेका छन्।

पहिलो दिन २-अन्डर ७०को कार्ड बनाएका शुक्रले आज दशौं होलबाट खेलको सुरूवात गरे। उनले फ्रन्ट नाइन इभन-पार ३५ मा पुरा गरे। १५औं होलमा बोगीको सामना गर्दा १८औं होलमा एक सट बचाए। शुक्रले ब्याक नाइन भने १-अन्डर ३६ मा सकाए। पहिलो र दोस्रो होलमा बर्डीको सफलता प्राप्त गरेपनि छैटौं होलमा बोगी खेपे। दोश्रो दिन चार स्थान माथि उक्लिएका शूक्रले अन्य तीन भारतीय गल्फरसँग २३औं स्थान बाँडे।

१०-अन्डर १ सय ३४ सहित भारतीय गल्फर सुनहित बिस्नोई शीर्षस्थानमा रहेका छन। अर्का भारतीय गल्फर अक्षय शर्मा ९-अन्डर १ सय ३५ को स्कोरमा दोस्रो स्थानमा रहे। ८-अन्डर १ सय ३६ स्कोर गरेका बङ्गालदेशका जमाल होसेन तेस्रो स्थानमा छन। ३६ होलको समाप्तीमा १-ओभर १ सय ४५ को स्कोरमा संयुक्तरुपमा ४५औं स्थान सम्म रहेका प्रोहरूले कट बनाएका छन्। च्याम्पियनसिपको कुल नगद पुरस्कार राशी भारतीय रूपैयाँ ५० लाख रहेको छ। शुक्र १९औं एसियन गेम्सको लागि राष्ट्रिय टोलीका सदस्य समेत रहेका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.