लेख विवरण

चोटका कारण स्मिथ दक्षिण अफ्रिका भ्रमणबाट बाहिर

चोटका कारण स्मिथ दक्षिण अफ्रिका भ्रमणबाट बाहिर

काठमाडौंँ । एशेज सिरिज खेल्दा हातमा चोट लागेपछि स्टिभन स्मिथ दक्षिण अफ्रिका विरुद्ध हुने सीमित ओभरको सिरिजबाट बाहिरिएका छन् । तर, त्यसपछि भारतमा हुने एकदिवसीय शृंखला र एकदिवसीय विश्वकप दुवैका लागि उनी उपलब्ध हुनेछन ।

एशेज खेल्ने क्रममा स्मिथको बायाँ हातमा चोट लागेको थियो । र त्यसपछि उनी चिकित्सकको निगरानीमा रहेका छन् । पछिल्लो बीबीएलमा उत्कृष्ट पुनरागमन पछि, स्मिथले दक्षिण अफ्रिका विरुद्ध ओपनिङ गर्ने आशा गरिएको थियो । जसका लागि उनी एशेज टोलीमा पनि छनोट भएका थिए । अब सेप्टेम्बर २२ देखि भारतमा सुरु हुने एकदिवसीय शृंखलाअघि उनले आराम गर्नेछन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.