एसिया रग्बी यू–२० भोलीदेखि
काठमाडौं । एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा एसिया रग्बी यू–२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता शनिबारदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।
आइतबारसम्म चल्ने दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी सङ्घले जनाएको छ । सङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको व्यवस्थापन र प्राविधिक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

टिप्पणी लेख्नुहोस्