लेख विवरण

ग्रिनफिल्ड कप : ग्रिनल्यान्डको जित

ग्रिनफिल्ड कप : ग्रिनल्यान्डको जित

काठमाडौंँ । ग्रिनल्यान्डले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ । ग्रिनल्यान्डले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई ५०–३८ ले पराजित ग¥यो ।

सिनियर ब्वाइजमै कान्तिपुरले नेपालयलाई २६–१४, पुष्पसदनले जेनिथलाई ३६–३२, स्वर्णिमले एलआरआईलाई ३८–२७, पिपुल्स एकेडेमीले सिद्धार्थ बनस्थलीलाई ३७–१५ र सेबले रेडिअन्टलाई ३५–३३ ले हरायो ।

जुनियर ब्वाइजमा रेडिअन्टले त्रिज्योतिलाई २६–९, सेबले पिपुल्सलाई १७–७ र ज्ञान निकेतनले स्वप्न वाटिकालाई २८–१२ ले पाखा लगाए । सिनियर गर्ल्समा एलआरआईले ग्रिनफिल्ड ‘बी’ लाई १२–१० ले पन्छायो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.