मुवाँथाईमा कक्षपति निर्विरोध
काठमाडौंँ । नेपाल राष्ट्रिय मुवाँथाई संघको प्रथम अधिवेशनले गणेशलाल कक्षपतिको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा उमेशकुमार खड्का, प्रथम उपाध्यक्षमा निलम अधिकारी, महासचिवमा मनराज श्रेष्ठ, सचिवमा उत्तम गुरुङ र कोषाध्यक्षमा वीरेन्द्र ओली रहेका छन् ।
सन्तोष घलान, धनकृष्ण श्रेष्ठ, मनीष लिवी, साजन माली, तुलसी थापा मगर, विकास खड्का, जितु शाही, रमा राई, कविकृष्ण मधुकर्मी र देवराज श्रेष्ठ सदस्यमा चयन भए ।
शुक्रबारै बसेको संघको बैठकले दीपक गोदार, राजेश महर्जन, अतित भण्डारी, भुपेश शाक्य र राजु राईलाई उपाध्यक्ष तथा विजी ठकुरी, खगेन्द्र क्षेत्री र दीपक तामाङलाई सचिवमा मनोनित गरेको छ । विजय गुरुङ, विगेन दराईं, अनिल श्रेष्ठ र दिलबहादुर ठोकर सदस्यमा मनोनित भए । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

टिप्पणी लेख्नुहोस्