अमेरिकामा दुई वर्षपछि पहिलो एकल जिते जोकोभिचले
काठमाडौंँ । २३ पटकका ग्राण्डस्लाम विजेता नोभाक जोकोभिचले २०२१ पछि अमेरिकामा पहिलो एकल खेल जितेका छन् । उनले वेस्टर्न एण्ड साउदर्न ओपनमा अलेजान्ड्रो डेभिडोभिच फोकिनालाई हराए । फोकिनाले खेलको दोस्रो सेटमा ग्रोइन चोटका कारण कोर्ट छोड्नुपर्यो।
दोस्रो वरीयताका जोकोभिचले पहिलो सेट ६–४ ले जिते र दोस्रोमा २ अंकले अग्रता लिएका थिए । त्यसपछि फोकिनालाई पीडा महसुस भयो र खेल ४६ मिनेटमै सकियो। कोरोनाको भ्याक्सिन नलगाएपछि जोकोभिच पछिल्लो दुई वर्षदेखि अमेरिकामा खेल्न पाएका थिएनन् । उनी २०१९ पछि पहिलो पटक अमेरिकामा खेल्दैछन् । वेस्टर्न एन्ड साउदर्न ओपन २०२० न्यूयोर्कमा खेलिएको थियो।

टिप्पणी लेख्नुहोस्