सहायक फिफा रेफ्री चौधरीको निधन
काठमाडौंँ । सहायक फिफा रेफ्री विक्रम चौधरीको शुक्रबार निधन भएको छ । ४१ बर्षको उमेरमा उनको निधन भएको एन्फाले जनाएको छ ।
चौधरी सैनिक मुख्यालय भद्रकाली मैदानमा तालिम गरिरहेका बेला बेहोस भएपछि उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको थियो । अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।
चौधरीले सन् २०२३ को फेब्रुअरीमा रेफ्रीिङ ब्याज पाएका थिए । उनको श्रीमती र दुई छोराछोरी छन् ।
चौधरीको पार्थिव शरीरलाई आज अन्तिम श्रद्धाञ्जलीका लागि सातदोबाटोस्थित एन्फा मुख्यालयमा लगिएको थियो ।

टिप्पणी लेख्नुहोस्