आयरल्यान्ड विरुद्धको पहिलो टी–२० मा भारत विजयी
काठमाडौंँ । आयरल्यान्ड विरुद्ध टी–२० सिरिजको पहिलो खेलमा भारतीय टोली २ रनले विजयी भएको छ । टोलीले डिएलएस विधि अन्तर्गत जित हासिल गर्यो।
डब्लिनको द भिलेज स्टेडियममा खेलिएको खेल वर्षाका कारण ६.५ ओभरमा रोकिएको थियो । त्यतिन्जेल भारतले दुई विकेटमा ४७ रन बनाएको थियो । टोलीका लागि ऋतुराज गायकवाड र सञ्जु सामसन अविजित रहे ।
भारतका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका तिलक वर्मा शून्यमा आउट भए । उनलाई क्रेग यंगले विकेटकिपर टेकरको हातबाट क्याच आउट गराए । यसअघि यंगले यशस्वी जैसवाल (२४ रन) लाई आउट गरेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । आयरल्याण्डका लागि ब्यारी म्याकार्थीले सर्वाधिक ५१ रन बनाए । कर्टिस क्याम्परले ३९ रन बनाए ।
म्याकार्थीले टी–२० करियरको पहिलो अर्धशतक बनाए । उनी भारतविरुद्ध ८ नम्बरमा अर्धशतक बनाउने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।
भारतका लागि कप्तान जसप्रीत बुमराह, प्रसिद्ध कृष्णा र रवि बिश्नोईले २–२ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्