बुन्डेस लिगामा बायर्नको विजयी सुरुवात
काठमाडौं । साबिक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको लिगको पहिलो खेलमा बायर्नले वेर्डन ब्रेमनलाई ४–० गोलले हरायो ।
बार्यनको जितमा लेरोय सानेले दुई तथा इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका कप्तान ह्यारी केन र म्याथी टेलले एक एक गोल गरे । पाहुना टोली बायर्नले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो ।
सानेले चौथो र ९०औँ मिनेटमा गोल गरे । केनले ७४औँ, टेलले दोस्रो हाफको इन्जुरी सयममा गोल गरेका हुन । पहिलो जितसँगै बार्यनले तीन अङ्क बनाएको छ । वेर्डन ब्रेमनले हारबाट लिगको सुरुवात गरेको छ ।

टिप्पणी लेख्नुहोस्