महिला विश्वकप फुटबलमा आयोजक अष्ट्रेलियालाई हराउदै स्विडेन तेस्रो
काठमाडौं । स्विडेन फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा स्विडेनले अष्ट्रेलियालाई २–० गोलले हरायो ।
स्विडेनको जितमा फ्रिडोलिना रोल्फोले ३०औं मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोलिन् । दोस्रो गोल ६२औं मिनेटमा कोसोभ्रे असलनीले गरिन् ।
मध्यभागमा औसत बल पोजिसनमा राखेपनि अष्ट्रेलियाको गोल फर्काउने प्रयास सफल भएन । स्विडेन सेमिफाइनलमा स्पेनसँग २–१ गोलले पराजित भएको थियो ।
अष्ट्रेलिया भने इङ्गल्यान्डसँग ३–१ गोलले पराजित भएको थियो । विश्वकप उपाधिका लागि आइतबार इङ्गल्यान्ड र स्पेनबिच प्रतिस्पर्धा हुनेछ ।

टिप्पणी लेख्नुहोस्