लेख विवरण

युएस ओपनमा महिला र पुरुष खेलाडीका लागि एकै प्रकारको टेनिस बल प्रयोग हुने

युएस ओपनमा महिला र पुरुष खेलाडीका लागि एकै प्रकारको टेनिस बल प्रयोग हुने

न्यूयोर्क। युएस ओपन टेनिस प्रतियोगिताको आयोजकले यस वर्ष पुरुष र महिलाका लागि एकै प्रकारको बल प्रयोग गर्ने भएको छ । यो गत वर्ष भएको प्रतियोगितामा प्रयोग गरिएको बललाई गुणस्तरहीन भनेका महिला खेलाडीहरूका लागि राम्रो खबर हो ।

विश्व नम्बर एक तथा गत वर्षको च्याम्पियन इगा स्वियाटेकले महिलातर्फ प्रयोग भइरहेको बललाई पुरुषको बलभन्दा हलुका भएको बताएकी थिइन । युएस ओपन ग्रान्डस्लाम प्रतियोगितामध्ये एक मात्र हो जसमा पुरुष र महिला विधाका लागि छुट्टाछुट्टै बलको प्रयोग गर्ने गरिन्छ ।

युएस ओपनका प्रतियोगिता निर्देशक स्टेसी एलिस्टेयरले गत वर्ष प्रतियोगिताको समयमा बलको बिषयलाई लिएर केही खेलाडीसँग राय मागेका थिए । ती खेलाडीहरूले हल्का बलको सट्टा भारी बललाई प्रयोग गर्नेमा समर्थन गरेका थिए।

वर्षको यो अन्तिम ग्रान्डस्लाम प्रतियोगिता फ्लशिङ मिडोजको हार्ड कोर्टमा खेलिनेछ र टेनिस बल निर्माता विल्सनका अनुसार यस्तो कोर्टका लागि हेभी बल उपयुक्त हुन्छ ।

एलास्टरले भने 'यदि डब्ल्यूटीएले बल परिवर्तन गर्न चाहन्छ भने, हामीलाई कुनै समस्या छैन।' विल्सनले डब्ल्यूटीएले चाहेअनुसार महिलाका लागि पनि बल तयार पार्ने बताए । (एजेन्सी)

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.