आर्टिस्टिक जिम्न्याष्टिक कोचेज कोर्स सुरु
काठमाडौंँ । नेपाल जिम्न्याष्टिक संघको आयोजनामा आर्टिस्टिक जिम्न्याष्टिक कोचेज कोर्स आइतबारदेखि भक्तपुरको लिवालीस्थित कभर्डहलमा सुरु भएको छ ।
कोर्सको संघीय सांसद् एवं आयोजक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले एक कार्यक्रमबीच उद्घाटन गरे । छदिने कोर्समा ४१ प्रशिक्षकको सहभागिता रहेको आयोजक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् । सहभागीलाई बंगलादेशबाट आएका विज्ञ मोहम्मद अब्दुल अल मसुमले प्रशिक्षण दिइ रहेका छन् ।

टिप्पणी लेख्नुहोस्