लेख विवरण

एसिया कपमा नेपालसँग खेल्ने भारतीय क्रिकेट टोली घोषणा

एसिया कपमा नेपालसँग खेल्ने भारतीय क्रिकेट टोली घोषणा

काठमाडौंँ । हाइब्रिड मोडलका आधारमा पाकिस्तान र श्रीलंकामा आयोजना हुन लागेको एसिया कप २०२३ का लागि भारतले १७ सदस्यीय टोली घोषणा गरेको छ । दिल्लीको ताज प्यालेस होटलमा पत्रकार सम्मेलन आयोजना गरी घोषणा गरिएको टोलीको नेतृत्व रोहित शर्माले गर्ने भएका छन । एसिया कपमा लागि जसप्रीत बुमराह भारतीय एकदिवसीय टोलीमा ले पुनरागमन गरेका छन् । युवा ब्याट्सम्यान तिलक वर्माको भारतीय टोलीमा पहिलो पटक स्थान बनाएका छन् । 

एशिया कप २०२३ नेपाली क्रिकेट खेलाडी र समर्थकहरुका लागि एक ठूलो प्रतियोगिता हो । यो प्रतियोगितामा नेपाललले विश्व क्रिकेटको पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको छ । र नेपालले यो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने सबैले आश गरेका छन । प्रतियोगिता यहि अगस्ट ३० बाट सुरु हुँदैछ ।

यस पटकको एसिया कप हाइब्रिड मोडलका आधारमा आयोजना गर्न लागिएको हो, जसमा कुल ४ खेल आयोजक पाकिस्तानमा र बाँकी ९ खेल श्रीलङ्कामा हुनेछन् । यससँगै नेपालले प्रतियोगिता उदघाटन खेलमा पाकिस्तानको सामना गर्नेछ । प्रतियोगिता एकदिवसीय ढाँचामा खेलाइनेछ ।

भारतको १७ सदस्यीय टोलीः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल (विकेटकिपर), श्रेयस अय्यर, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, कुलदीप यादव, इशान किशन (विकेटकिपर), अक्षर पटेल, शार्दुल ठाकुर, सूर्यकुमार यादव, तिलक वर्मा, प्रसिद्ध कृष्ण, सञ्जु सैमसन (ब्याकअप)।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.