लेख विवरण

राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिलाको नाममा खेलपोसाक

राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिलाको नाममा खेलपोसाक

काठमाडौं । महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवं गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको नाममा खेलपोसाक तथा खेल सामाग्री निर्माण अन्तर्राष्ट्रिय कम्पनी लि निङले टिसर्ट तयार पारेको छ ।

एन्जिला लि निङको ब्रान्ड एम्बेसडर पनि हुन । लि निङले एन्जिलाका लागि चार वटा फरक रङ्गको पोलो टिर्सट तयार पारेको छ । नेपालका लागि लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क कम्पनी प्रलिका अध्यक्ष राजन महर्जनले लि निङले नेपाली खेलाडीको नामसहित टिसर्ट तयार पारेको पहिलो पटक भएको जानकारी दिए ।

एन्जिलालाई एक कार्यक्रमबीच राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह, नेपाल बास्केटबल सङ्घका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङ, पूर्व कप्तान तथा महिला राष्ट्रिय टोलीकी मुख्य प्रशिक्षक बालगोपाल महर्जन र पूर्व राष्ट्रिय खेलाडी प्रदीप महर्जनले फरक रङ्गको टिसर्ट हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा एन्जिलाले लि निङले आफ्नो नामसहितको टिसर्ट तयार गरेकोमा धन्यवाद दिँदै लि निङले आफूलाई ब्रान्ड एम्बेसडर बनाएपछि अन्य कम्पनीले पनि महिला खेलाडीलाई ब्रान्ड एम्बेसडर बनाउने क्रम सुरु भएको बताइन ।

यसैबिच पूर्व कप्तान उपेन्द्रमान र कप्तान एन्जिलाले दरबारमार्ग स्थित दरबार मलमा लि निङको नयाँ स्वरुमको औपचारिक उद्घाटन गरेका छन् । नेपालमा लि निङको यो पाँचौँ स्वरुम हो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.