राष्ट्रिय फुटबल टोलीको ब्यवस्थापकमा उत्तम भण्डारी नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको ब्यवस्थापकमा उत्तम भण्डारी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार भण्डारीलाई ब्यवस्थापकमा नियुक्त गरेको हो ।
लामो समय नेपाली फुटबलको विकासमा लागेका भण्डारी सरस्वती क्लबमा समेत आवद्ध छन । भण्डारीलाई एन्फाका कार्यबाहक महासचिव अरुणमान जोशीले नियुक्ति पत्र प्रदान गरे ।
यसअघि नेपाली राष्ट्रिय टोलीको ब्यवस्थापकमा मच्छिन्द्र क्लबका अनिल श्रेष्ठ थिए । नेपाली पुरुष फुटबल टोली अहिले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीमा ब्यस्त छ ।
नेपालले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ तारिखमा लाओससँग प्रतिस्पर्धा गर्दैछ ।

टिप्पणी लेख्नुहोस्