दिलासा र रिहानाको जोडी फाइनलमा
काठमाडौं । दिलासा राना र रिहाना शेरचनको जोडी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन ।
ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा जारी च्याम्पियनसिपमा राना र शेरचनको जोडीले यू–१५ मा बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले हराए ।
यस्तै यू–१५ तर्फनै टिसा रानी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसँग ८–२१, ७–२१ ले पराजित भयो । पुरुषतर्फ सुदेश राजकोटी र शिषिर रानाको जोडी बंगालादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसँग ९–२१, १२–२१ ले पराजित भयो ।
महिला यू–१५ एकलतर्फ टिशा रानी शाक्य श्रीलंकाकी नेथ्मी रत्नायकेसँग ४–२१, १४–२१ ले पराजित भए । यसैगरी दिलाशा राना श्रीलंकाकी सुथुली रनसिंघेसँग १५–२१, १५–२१ के समान अन्तरमा पराजित भए । पुरुषतर्फ सुविन श्रेष्ठ बंगलादेशका वाली उल्लाहसँग १५–२१, २१–१४, १८–२१ ले पराजित भए ।
यू–१७ महिलातर्फ राजी राई श्रीलंकाकी रनुमी मनागेसँग १६–२१, २१–१८, १५–२१ ले पछि परे । पुरुषतर्फ कविर के.सी. श्रीलंकाका थिदासा वेरागोडासँग १२–२१, १९–२१ ले पराजित भए ।

टिप्पणी लेख्नुहोस्