ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा श्रीलंका टिम च्याम्पियन
काठमाडौं । ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप–२०२३ अन्तरगतको यू–१५ र यू–१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ ।
ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको सहआयोजनामा सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा भएको च्याम्पियनसिपको यू–१५ तर्फ श्रीलङ्काले नेपाललाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।
श्रीलङ्काका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१–१७, २१–१७ ले पराजित गरे । नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१–८, २१–१३ ले हराए ।
यस्तै केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–१७ ले हरायो । बङ्गलादेश र भुटान तेस्रो भयो । यसैगरी यू–१७ तर्फ फाइन्लमा श्रीलङ्काले बङ्गलादेशलाई ३–२ सेटले हरायो । भुटान र नेपाल तेस्रो भए ।

टिप्पणी लेख्नुहोस्