लेख विवरण

एशिया कप २०२३ : भारतीय क्रिकेट टोलीको घोषणा आज

एशिया कप २०२३ : भारतीय क्रिकेट टोलीको घोषणा आज

काठमाडौंँ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले नयाँ दिल्लीको ताज प्यालेस होटलमा पत्रकार सम्मेलन गरी एशिया कप २०२३ मा खेल्ने भारतीय क्रिकेट टोलीको घोषणा गर्ने भएको छ । घोषणा कार्यक्रममा प्रशिक्षक राहुल द्रविड र कप्तान रोहित शर्मा पनि सहभागी हुनेछन् । एशिया कप २०२३ नेपाली क्रिकेट खेलाडी र समर्थकहरुका लागि एक ठूलो प्रतियोगिता हो । यो प्रतियोगितामा नेपाललले विश्व क्रिकेटको पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको छ । र नेपालले यो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने सबैले आश गरेका छन । प्रतियोगिता यहि अगस्ट ३० बाट सुरु हुँदैछ ।

यस पटकको एसिया कप हाइब्रिड मोडलका आधारमा आयोजना गर्न लागिएको हो, जसमा कुल ४ खेल आयोजक पाकिस्तानमा र बाँकी ९ खेल श्रीलङ्कामा हुनेछन् । यससँगै नेपालले प्रतियोगिता उदघाटन खेलमा पाकिस्तानको सामना गर्नेछ । प्रतियोगिता एकदिवसीय ढाँचामा खेलाइनेछ ।

भारतका लागि केएल राहुल र श्रेयस अय्यरको पुनरागमन एसिया कपका लागि तय भएको मानिएको छ । जसप्रित बुमराहले पनि फिटनेसको प्रमाणिकता देखाएका छन्, त्यसैले उनलाई पनि टिममा छनोट गर्न सकिन्छ । छनोटकर्ताले टोलीमा १७ खेलाडीलाई स्थान दिने निर्णय गरेका छन् ।

भारतीय सम्भावित टोली : रोहित शर्मा, शुभमन गिल, विराट कोहली, लोकेश राहुल, श्रेयस अय्यर, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद सिराज, ऋषभ पंत शमी, मो. सिराज, इशान किशन, कुलदीप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, सूर्यकुमार यादव, तिलक वर्मा, युजवेंद्र चहल/आर अश्विन।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.