लेख विवरण

ग्रिनफिल्ड कप : पिपुल्स र सेब क्वाटरफाइनलमा

ग्रिनफिल्ड कप : पिपुल्स र सेब क्वाटरफाइनलमा

काठमाडौं । पिपुल्स एकेडेमी र सेब दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा पिपुल्सले नेरिक एकेडेमीलाई १५–११ तथा सेबले ग्रिनफिल्ड ‘सी’ लाई १६–७ ले पराजित गरे ।

सिनियर ब्वाइजमा जेनिथले नेरिकलाई ५८–५२, ग्रिनल्यान्डले काठमाडौं भ्याली, रानवीवनलाई ५८–३१, जेबी इङलिस स्कुलले सेबलाई ४०–३५, हेम्सले पुष्पसदनलाई ५७–५४ र ब्राइट होराइजनले नेपालयलई ४७–२८ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सिनियर गर्ल्समा संस्कृतिले रिब्स ‘बी’ लाई २९–९, जेसिस इन्टरनेसनल स्कुलले न्यु जेनिथलाई १६–८ र काष्ठमण्डपले काठमाडौं भ्याली, छाउनीलाई ४०–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.