चोटका कारण एसिया कपबाट बाहिरिए इबादत हुसेन
काठमाडौंँ । बंगलादेशका तिव्र गतिका बलर इबादत हुसेन घुँडाको चोटका कारण एसिया कपबाट बाहिरिएका छन् । गत महिना अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा उनी घाइते भएका थिए । उनलाई एसिया कप टोलीमा २० वर्षीय तेज बलर तन्जिम हसनले प्रतिस्थापन गर्नेछन् ।
इबादतले १२ ओडिआईमा २३ को औसतमा २२ विकेट लिएका छन्। बीसीबीका प्रमुख चिकित्सक डा. देवाशिष चौधरीले विश्वकपलाई ध्यानमा राखेर इबादतको फिटनेसलाई प्राथमिकता दिने बताए । उनले यसका लागि आवश्यक परे विदेशबाट पनि सहयोग लिइने बताए ।
इबादतको स्थानमा आएका तान्जिमले ३७ लिस्ट ए खेलमा ५७ विकेट लिएका छन् । उनले हालै श्रीलंकामा भएको इमर्जिङ एसिया कपको तीन खेलमा नौ विकेट लिएका थिए भने गत सिजन ढाका प्रिमियर लिगमा उनले १७ विकेट लिएका थिए।

टिप्पणी लेख्नुहोस्