लेख विवरण

मेस्सी आवद्ध इन्टर मियामी युएस ओपन कपको फाइनलमा

मेस्सी आवद्ध इन्टर मियामी युएस ओपन कपको फाइनलमा

काठमाडौंँ । अमेरिकामा जारी युएस ओपन कप फुटबल प्रतियोगितामा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोली इन्टर मियामीलाई फाइनलमा पुर्याएका छन् । खेलमा मेस्सीले दुई असिस्ट र पेनाल्टीमा एक गोल गरेपछि इन्टर मियामीले मेजर सकर लिगको शीर्ष वरीयता प्राप्त सिनसिनाटीलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराएर फाइनलमा प्रवेश गर्यो। 

इन्टर मियामी र एफसी सिनसिनाटीबीचको खेल निर्धारित ९० मिनेटपछि ३–३ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि मियामीले पेनाल्टी सुटआउटमा सिनसिनाटीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्यो।

गत हप्ता मियामीले न्यासभिललाई हराउँदै लिग कपको उपाधि जितेको थियो । अब टोलीसँग अर्को ट्रफी जित्ने मौका छ ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.