लेख विवरण

आइएलटी टी-२० को खेल तालिका सार्वजनिक, जनवरीबाट सुरु हुने

आइएलटी टी-२० को खेल तालिका सार्वजनिक, जनवरीबाट सुरु हुने

काठमाडौंँ । संयुक्त अरब इमिरेट्स (युएई) टी–२० लिग ‘आईएल टी–२०’ को दोस्रो सिजनको खेल तालिका सार्वजनिक भएको छ । लिगको दोस्रो सिजन १९ जनवरी २०२४ मा सुरु हुनेछ भने फाइनल खेल १८ फेब्रुअरीमा हुनेछ। प्रतियोगितामा कुल ३४ खेल हुनेछन् । खेलहरु अबुधाबी, दुबई र शारजाहमा हुनेछन् । ‘आईएल टी–२०’ को पहिलो सिजनमा गल्फ जायन्ट्सको टोली विजेता बनेको थियो। 

अर्को वर्ष जनवरीमा सुरु हुने ‘आईएल टी–२०’ लिग अन्य धेरै लिग र अन्तर्राष्ट्रिय खेलहरूसँग जुधने सम्भावना रहेको छ। भारत र इंग्ल्याण्डबीच २०२४ जनवरी २५ देखि हुने टेष्ट शृंखला पनि यसै समयमा खेलाइनेछ । जबकि अष्ट्रेलियाको बिग ब्यास लिग र दक्षिण अफ्रिकाको एसए २० लिग पनि यसै समयमा हुनेछ। यस्तो अवस्थामा अधिकांश खेलाडी यस प्रतियोगितामा देखिने छैनन् वा केही खेल मात्र खेल्न सक्नेछन् ।

प्रतियोगितामा ६ टोली दुबई क्यापिटल्स, गल्फ जायन्ट्स, शारजाह वारियर्स, एमआई एमिरेट्स, अबु धाबी नाइट राइडर्स र डेजर्ट भाइपर्सको सहभागिता रहने छ ।

‘आईएल टी–२०’ को दोस्रो सिजनमा डेभिड वार्नर, मार्क वुड, शाहीन अफ्रिदी, शादाब खान र अम्बाती रायडु जस्ता नयाँ अनुहारहरु देखिनेछन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.