लेख विवरण

एसियाडका लागि पाकिस्तानी क्रिकेट टोली घोषणा

एसियाडका लागि पाकिस्तानी क्रिकेट टोली घोषणा

कराँची । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले एसियाली खेलकुद २०२३ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । पिसिबीले अनक्याप्ड खेलाडी कासिम अकरमलाई टोलीको कप्तानी सुम्पिएको छ । उपकप्तानको भूमिकामा उमर बिन युसुफ देखिनेछन् ।

एसियाली खेलकुदका लागि पाकिस्तानी टोलीको नेतृत्व गर्ने कासिम अकरमले गत वर्ष पाकिस्तान यू–१९ टोलीको नेतृत्व पनि गरेका थिए । यस्तो अवस्थामा अकरमसँग एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा स्थान बनाउने ठूलो मौका छ । उनले पाकिस्तानको घरेलु क्रिकेटमा हालसम्म २० फर्स्ट क्लास, ४५ लिस्ट ए र ४० टी(२० खेल खेलिसकेका छन्।

कासिम अलराउन्डर हुन्। यस्तो अवस्थामा उनले बलिङ र ब्याटिङ दुवैमा पाकिस्तानका लागि बलियो खेल देखाउन सक्छन् । प्रथम श्रेणी खेलमा उनले ९ सय ६० रन बनाएका छन् भने लिस्ट ए मा १ हजार ३ सय ५ रन बनाएका छन् । योसँगै उनले टी–२० मा ४ सय ६८ रन बनाएका छन् । प्रथम श्रेणीमा कासिमले २७ विकेट लिएका छन् । लिस्ट ए उनले ३५ विकेट लिएका छन् भने टी–२० मा १७ विकेट लिएका छन् ।

एसियाली खेलकुदका लागि पाकिस्तानी टोली : कासिम अकरम (कप्तान), ओमर बिन युसुफ (उपकप्तान), अमिर जमाल, अराफात मिन्हास, अरशद इकबाल, आसिफ अली, हैदर अली, खुशदिल शाह, मिर्जा ताहिर बेग, मोहम्मद हसनैन, मोहम्मद अखलाक (विकेटकीपर), रोहेल नाजिर, शाहनवाज दहानी, सुफियान मुकिम र उस्मान कादिर।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.