लेख विवरण

पाकिस्तानविरुद्ध गुरबाजले खेले कीर्तिमानी इनिङ्स

पाकिस्तानविरुद्ध गुरबाजले खेले कीर्तिमानी इनिङ्स

काठमाडौंँ । पाकिस्तान र अफगानिस्तानबीच तीन खेलको एकदिवसीय शृंखला हुँदैछ । शृंखलाको दोस्रो खेलमा अफगानिस्तानका रहमानउल्लाह गुरबाजले कीर्तिमानी ब्याटिङ गर्दै १५१ रन बनाएका छन् । गुरबाजले पाकिस्तानविरुद्ध उत्कृष्ट इनिङ खेल्दै १५१ बलमा १५१ रन बनाएका छन । यस क्रममा उनले १४ चौका र ३ छक्का प्रहार गरे । गुजबाजको इनिङ्सका कारण अफगानिस्तानको टोलीले पाकिस्तानलाई ३०१ रनको लक्ष्य दिएको छ ।

गुरबाज अफगानिस्तानका लागि एकदिवसीय इनिङ्समा सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यान बनेका छन् । यो सूचिमा उनका ओपनिङ पार्टनर इब्राहिम जाद्रान पहिलो स्थानमा छन् ।

श्रीलंकामा जारी खेलमा गुरबाज र इब्राहिम जाद्रानले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेका थिए । अफगानिस्तानका लागि पहिलो विकेटको यो दोस्रो ठूलो साझेदारी हो।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.