स्पेनिस फुटबल अध्यक्ष विरुद्ध कारबाही सुरु, महिला खेलाडीलाई चुम्बन गरेको आरोप
काठमाडौंँ । फिफाले भर्खरै सम्पन्न महिला विश्वकपको फाइनलमा स्पेनिस फुटबल महासंघका प्रमुख लुइस रुबियालेसले गरेको व्यवहार प्रति बिहीबार देखी अनुशासनात्मक कारबाही सुरु गरेको छ । रुबियाल्सले महिला विश्वकप अवार्ड समारोहमा खेलाडी जेनी हर्मोसोको ओठमा चुम्बन गरेपछि विवाद चर्किएको थियो । फुटबलको शीर्ष निकायको अनुशासन समितिले रुबियालेसले सभ्य आचरणको नियम उल्लङ्घन गरेको छ कि छैन भनेर छानबिन गर्नेछ।
हर्मोसोले आफूलाई रुबियाल्सले गरेको व्यवहार (चुम्बन) मन नपरेको बताएकी छिन् । उनको प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडी संघले बुधबार रुबियाल्सको खराब आचरणका लागि सजाय दिनुपर्ने बताएको छ।

टिप्पणी लेख्नुहोस्