लेख विवरण

पूर्व डब्लुडब्लुइ च्याम्पियन ब्रे व्याटको निधन

पूर्व डब्लुडब्लुइ च्याम्पियन ब्रे व्याटको निधन

काठमाडौंँ । डब्लुडब्लुइ विश्व रेस्लिङमा छोटो समयमै छुट्टै पहिचान बनाउने ब्रे व्याट र द फिएन्डको नामले कुस्ती खेल्ने विन्डहम रोटुण्डाको ३६ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि गम्भीर रोगसँग लडिरहेका थिए । यसबारे उनले कसैलाई जानकारी दिएका थिएनन् तर एक्कासी उनी रिंगबाट टाढा हुँदा फ्यानहरुको मनमा शंका पैदा भएको थियो । त्यसपछि उनको मृत्युको खबर सार्वजनिक भयो, जसलाई ट्रिपल एचले पुष्टी गरेका छन् ।

ट्रिपल एचले ट्वीट गर्दै भने, "डब्लुडब्लुइ हल अफ फेमर माइक रोटुन्डाले मलाई दुखद खबर सुनाए, हाम्रो डब्लुडब्लुइ परिवारका आजीवन सदस्य विन्डहम रोटुन्डाको अचानक निधन भएको छ। यस दुःखद घडीमा हामी उहाँको परिवारसँग छौँ र यस्तो अवस्थामा आफ्नो गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गर्दछु।"

ब्रे व्याटको डब्लुडब्लुइ करियर को बारेमा कुरा गर्दा उनले एक पटक डब्लुडब्लुइ च्याम्पियन को उपाधि जित्नु बाहेक, दुई पटक डब्लुडब्लुइ युनिभर्सलको उपाधि पनि जितेका छन्। व्याटले म्याच हार्डी संग एक पटक डब्लुडब्लुइ ट्याग टिम च्याम्पियनशिप को उपाधि पनि जितेका छन्। उनी छिट्टै निको भएर रिङमा फर्किने अनुमान गरिएको थियो ।

व्याटको नाम एक कुस्ती परिवारबाट आउँछ । उनका बुबा रोटुन्डा सन् १९९० को दशकमा एक प्रसिद्ध डब्लुडब्लुइ कुस्ती खेलाडी थिए। उनी इरविन आर र चेस्टरको नामले चिनिन्थे। सन् २०१२ मा सामन्थासँग विवाह गरेका व्याटको २ छोरी छन् । त्यसपछि सन् २०१७ मा उनीहरु अलग भएका थिए । व्याटले सन् २०२२ मा पुनः डब्लुडब्लुइ उद्घोषिका जोजोसँग विवाह गरेका थिए । त्यसअघि दुवै जना सँगै बस्दै आएका थिए र विवाहअघि उनीहरुका २ सन्तान पनि थिए ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.