लेख विवरण

पूर्वकप्तान पारस खड्काले अध्यक्षमा उम्मेदवारी दिने

पूर्वकप्तान पारस खड्काले अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान) को बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले आफूले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। बागमतीको चुनाव यही भदौ १५ गते हुँदैछ।

यसैबीच बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले आज संयुक्त पत्रकार सम्मेलन गरेर पारसलाई सघाउने बताएका छन्। बाग्मती प्रदेशमा छ जिल्लाका २४ र बागमती वर्तमान कार्यसमितिका १३ गरी ३७ मत रहेको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.