लेख विवरण

दोस्रो पटक बुवा बने युवराज सिंह

दोस्रो पटक बुवा बने युवराज सिंह

काठमाडौंँ । पूर्व क्रिकेटर युवराज सिंहकी श्रीमती हेजल कीचले दोस्रो सन्तानलाई जन्म दिएकी छन् ।

युवराजले दोस्रो पटक बुवा बनेको खुसी सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले आफ्नी श्रीमती र दुई बच्चासँगको तस्बिर पोस्ट गर्दै लेखेका छन्, "हामी राजकुमारी आरालाई स्वागत गर्छौं।"

४१ वर्षीय युवराज दोस्रो पटक बुवा बनेका छन् । उनकी श्रीमतीले गत वर्ष जनवरीमा पहिलो सन्तानलाई जन्म दिएकी थिइन् । युवराज र हेजल किचले २०१६ मा विवाह गरेका थिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.