नेपाली बुद्धिचाल टोली आइतवार युएई जाने
काठमाडौं । नेपाली बुद्धिचाल खेलाडी आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्दैछ । भदौ ११ देखि १७ गतेसम्म युएईमा हुन गइरहेको एसियन एमेच्योर बुद्धिचाल प्रतियोगितामा सहभागिता जनाउने नेपाली बुद्धिचाल टोली युएई प्रस्थान गर्न लागेको हो ।
प्रतियोगितामा आशिष् फुयाँल, धनबहादुर बोगटी, भिमदत्त पाण्डेय, राजीव कार्की, जितबहादुर केपछाकी, गोविन्दमान श्रेष्ठ र भोजराज चौलगाईँ छन । महिलातर्फ कुसुम पाण्डे छिन् ।
आशिष् फुयालले २००० रेटेडतर्फ प्रतिस्पर्धा गर्नेछन् । अन्य खेलाडीले १७०० मुनिको रटिङमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीलाई शनिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष विदुर प्रसाद गौतमले बिदाइ गरे ।

टिप्पणी लेख्नुहोस्