जिम्न्याष्टिक संघको आयोजनामा कोचज कोर्स सम्पन्न
काठमाडौंँ । नेपाल जिम्न्याष्टिक संघको आयोजना तथा भक्तपुर जिल्ला जिम्न्याष्टिक संघको सह–आयोजनामा आर्टिस्टिक जिम्न्याष्टिक कोचेज कोर्स शनिबार सम्पन्न भएको छ ।
छ दिने कोर्समा ४१ प्रशिक्षकको सहभागिता रहेको आयोजक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् । सहभागीलाई बंगलादेशबाट आएका विज्ञ मोहम्मद अब्दुल अल मसुमले प्रशिक्षण दिइएका थिए ।
सहभागीलाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, आयोजक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान, महासचिव शर्मालगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे ।

टिप्पणी लेख्नुहोस्