नवप्रवेशी क्लब लुटन टाउनमाथि चेल्सीको सहज जित
काठमाडौं । इङ्लिस प्रिमयिर लिग फुटबलमा चेल्सीले नवप्रवेशी क्लब लुटन टाउनमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा चेल्सीले लुटन टाउनलाई ३–० गोलले हरायो ।
चेल्सीलाई जित दिलाउन रहिम स्टर्लिङले दुई गोल गरे । अर्को गोल निकोलस ज्याक्सनको थपे । एकपक्षीय खेलमा स्टर्लिङले १७औँ मिनेटमा गोलको खाता खोले ।
उनले ६८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । त्यसपछि ७५औँ मिनेटमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई सजिलै जिताए ।
यससँगै सिजनको पहिलो जित निकालेको चेल्सी तीन खेलबाट चार अङ्क बनाएको छ । दुई खेलमा हार खेपेको लुटनले अङ्कको खाता खोल्न सकेको छैन ।

टिप्पणी लेख्नुहोस्