लेख विवरण

पाकिस्तानद्धारा एसिया कप टोलीमा एक परिवर्तन

पाकिस्तानद्धारा एसिया कप टोलीमा एक परिवर्तन

काठमाडौंँ । एसिया कप सुरु हुन अब मात्र ५ दिन बाँकी रहदा पाकिस्तानले टोलीमा एक परिवर्तन गरेको छ । एसिया कपको सुरुवात अगस्ट ३० मा नेपाल र पाकिस्तानबीचको खेलबाट हुनेछ ।

पाकिस्तानले एसिया कपका लागि साउद शकीललाई आफ्नो टोलीमा समावेश गरेको छ । यसअघि टोलीमा रहेका ताइब ताहिरलाई अहिले ट्राभल रिजर्भ खेलाडी बनाइएको छ ।

एशिया कपका लागि पाकिस्तानी टोली : बाबर आजम (कप्तान), शादाब खान (उपकप्तान), अब्दुल्ला शफिक, फहीम अशरफ, फखर जमान, हरिस रउफ, इफ्तिखार अहमद, इमाम-उल-हक, मोहम्मद हरिस (विकेटकीपर), मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वसीम जुनियर, नसीम शाह, सलमान अली आगा, साउद शकील, शाहीन अफ्रिदी र उसामा मीर।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.