लेख विवरण

शेरिका बनिन् २०० मिटर दौडको दोस्रो द्रुत धावक

शेरिका बनिन् २०० मिटर दौडको दोस्रो द्रुत धावक

काठमाडौंँ । जमैकाकी धावक शेरिका ज्याक्सन २०० मिटर दौडमा विश्वकै दोस्रो द्रुत धावक बनेकी छन् । उनले बुडापेस्टमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा २१ दशमलव ४१ सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण जितिन् ।

योसँगै शेरिका फ्लोरेन्स ग्रिफिथपछि २०० मिटरको दौड द्रुत गतिमा पूरा गर्ने दोस्रो एथलीट बनेकी छिन् । ग्रिफिथले सन् १९८८ ओलम्पिकमा २१ दशमलब ३४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन। यसअघि शेरिका १०० मिटरमा दोस्रो भएकी थिइन ।

२०० मिटरमा शेरिकाको व्यक्तिगत सर्वश्रेष्ठ २१ दशमलब ४५ सेकेन्ड रहेको छ, जुन उनले गत वर्ष यूजीनमा बनाएकी थिइन। शेरिका बाहेक ग्याबी थोमसले २१ दशमलव ८१ सेकेन्ड (रजत) र शा केरी रिचर्डसनले २१ दशमलव ९२ सेकेन्ड (कास्य) पदक जिते । यसअघि शेरिकाले सोमबार १०० मिटर दौडमा पनि स्वर्ण जितेकी थिइन ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.