लेख विवरण

एमएलएस लिगमा मेस्सीको डेब्यु गोल, न्यूयोर्क रेड बुल्स २-० ले पराजित

एमएलएस लिगमा मेस्सीको डेब्यु गोल, न्यूयोर्क रेड बुल्स २-० ले पराजित

काठमाडौंँ । स्टार फुटबलर लियोनल मेस्सीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) लिगमा स्मरणीय डेब्यु गरेका छन् । उनले खेलको ८९ औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई न्यूयोर्क रेड बुल्स बिरुद्ध २-० ले जिताएका छन् । प्रतियोगितामा मियामीको टोली पछिल्ला ११ खेलमा जितविहीन थियो, तर उसले शनिबार राति न्यूयोर्क रेड बुल्समाथि जित हातपार्दै जितविहीन यात्रामा पूर्ण विराम लगायो ।

खेलको ६० औं मिनेटमा मेस्सी बार्सिलोनाका पूर्व सहकर्मी सर्जियो बुस्केट्ससँगै मैदान प्रवेश गरेका थिए । त्यसअघि ३७ औं मिनेटमा डिएगो गोमेजले गोल गर्दै मियामीलाई १-० को अग्रता दिलाएका थिए । मैदान प्रवेश गरेको केही समयपछि मेस्सीले गोल गर्दै टोलीको अग्ता २-० बनाए ।

मेस्सी खेलेको हेर्न खेल सुरु हुनुभन्दा साढे दुई घन्टाअघि नै स्टेडियमबाहिर भीड लागेको थियो । सडकमा मेस्सीको जर्सी किन्न भिडभाड भएको थियो र स्टेडियममा रहेका आधा दर्शकले मेस्सीका तीन क्लब र अर्जेन्टिनाको राष्ट्रिय टोलीको जर्सी लगाएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.