सन्दीपको मुद्दा पाँचौँ नम्बरमा
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आइतवार सुनुवाइ हुन लागेको हो ।
न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको छ ।
सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ । आइतबारबाट हुने भनिएको सुनुवाइ फैसला हुने बताइएको छ । तर, पटक पटक सुनुवाइ स्थगित हुँदै आएको छ ।

टिप्पणी लेख्नुहोस्