लेख विवरण

आइएसएफ यू–१५ जिम्न्यासाइड–२०२३ मा नेपालको यात्रा समाप्त

आइएसएफ यू–१५ जिम्न्यासाइड–२०२३ मा नेपालको यात्रा समाप्त

काठमाडौं । पौडी खेलाडीहरु श्रेयला महर्जन, आरुशा शाक्य र संयमी घिमिरे पहिलो चरण पार गर्न नसकेसँगै ब्राजिलमा सञ्चालन भइरहेको आइएसएफ यू–१५ जिम्न्यासाइड–२०२३ मा नेपालको यात्रा समाप्त भएको छ।

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (आइएसएफ)को आयोजनामा भदौ ३ देखि १० गतेसम्म सञ्चालित प्रतियोगितामा नेपालले तेक्वान्दोबाट एक स्वर्ण र बक्सिङबाट दुई कांस्य गरी तीन पदक जित्न सफल भयो । ४४ देशका दुई हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरेकोमा नेपालबाट पाँच खेलका १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा समग्रमा आयोजक राष्ट्र ब्राजिल प्रथम र चीन दोस्रो स्थान प्राप्त गर्न सफल भए । रियो दि जेनेरियोको ओलिम्पिन पार्कमा शनिबार तेक्वान्दो, पौडी र टेबल टेनिसमा नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा कुनै पनि खेलाडीले सफलता प्राप्त गर्न सकेनन्। ५० मिटर गर्ल्स फ्रि स्टाइलमा ३५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

त्यसमा आफ्नो हिटमा श्रेयला पहिलो, आरुशा दोस्रो र संयमी तेस्रो भए । ५० मिटर ब्वाइज फ्रि स्टाइलमा सुगम श्रेष्ठ सिन्या पनि हिट चरणबाटै बाहिरिए । स्वर्ण पदकको आशा गरिएका तेक्वान्दो खेलाडी उज्वल वाग्ले ६५ केजी माथि तौल समुहको क्वार्टर फाइनलमा साइप्रसका खेलाडीसँग हार ब्योहोरे ।

यस्तै टेबल टेनिस सिगंल्समा प्रतिस्पर्धा गरेका निभा योहिनी प्रजापति र सिम्रिका घिमिरे पनि लिग चरणमै पराजित भए । पाँच खेलाडीको समूहमा भएको प्रतिस्पर्धामा निभा चीन, इङ्ल्याण्ड, ब्राजिल र पोर्चुगलका खेलाडीसँग पराजित भइन् ।

नेपालले बक्सिङ, पौडी, तेक्वान्दो, टेबल टेनिस र बास्केटबलमा सहभागिता जनाएको थियो । हरेक दुई वर्षमा आयोजना हुने जिम्न्यासाइड १३ देखि १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.