एसिया कपका लागि अफगानिस्तानको टोली घोषणा
काठमाडौंँ । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले एसिया कप २०२३ का लागि १७ सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीको नेतृत्व हशमतुल्लाह शाहिदीले गर्ने भएका छन् ।
सन् २०२३ को एसिया कप अगस्ट ३० देखि सुरु हुदैछ । प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ मा हुनेछ । अफगानिस्तानले प्रतियोगितामा आफ्नो पहिलो खेल सेप्टेम्बर ३ मा बंगलादेशसँग खेल्नेछ ।
एसिया कपका लागि अफगानिस्तानको टोलीः रहमानुल्लाह गुरबाज, इब्राहिम जादरान, रियाज हसन, रहमत शाह, हशमतुल्लाह शाहिदी (कप्तान), नजिबुल्लाह जादरान, मोहम्मद नबी, आई अलिखेल, राशिद खान, गुलबदीन नैब, करिम जनत, अब्दुल रहमान, एस अशरफ, मुजीब योर रहमान, नूर अहमद, एस साफी र फजलहाक फारुकी ।

टिप्पणी लेख्नुहोस्