लेख विवरण

एसियाडका लागि भारतीय टोलीको मुख्य प्रशिक्षकमा भीभीएस लक्ष्मण नियुक्त

एसियाडका लागि भारतीय टोलीको मुख्य प्रशिक्षकमा भीभीएस लक्ष्मण नियुक्त

काठमाडौंँ । पूर्व भारतीय ब्याट्सम्यान तथा राष्ट्रिय क्रिकेट एकेडेमीका प्रमुख भीभीएस लक्ष्मण एसियाली खेलकुदका लागि भारतीय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । साथै ऋषिकेश कानिटकरलाई महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ ।

लक्ष्मण बाहेक भारतीय पुरुष टोलीको फिल्डिङ प्रशिक्षकमा साईराज बाहुटुले र बलिङ प्रशिक्षकमा मुनिष बाली नियुक्त भएका छन् ।

महिला टोलीमा प्रशिक्षक कानिटकरसँगै राजीव दत्त (बलिङ प्रशिक्षक) र सुभदीप घोष (फिल्डिङ प्रशिक्षक) रहेका छन् ।

एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्जाओ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता अन्तर्गत क्रिकेटका सबै खेलहरु झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीको पिङफेङ क्रिकेट फिल्डको मैदानमा हुनेछ।

भारतीय क्रिकेट टोली पहिलो पटक एसियाली खेलकुदमा सहभागी हुँदैछ । बीसीसीआईले पुरुष र महिला दुवै टिमका खेलाडीको नाम सार्वजनिक गरि सकेको छ । दुवै टोलीले क्वाटरफाइनलका रूपमा प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्नेछन् । क्वाटरफाइनलपछि सेमिफाइनल खेल हुनेछ । यसरी फाइनलमा पुग्न दुवै टोलीले लगातार २ खेल जित्नुपर्नेछ ।

एसियाली ओलम्पिक कमिटीको नियम अनुसार आइसीसीको महिला र पुरुष दुवै विधामा एसियाका शीर्ष ४ टोलीलाई सीधै क्वाटरफाइनल प्रवेश दिइनेछ । भारतका दुवै टोली अहिले एसियामा शीर्ष स्थानमा छन् ।

प्रतियोगितामा महिलातर्फ १४ टोली र पुरुषतर्फ १८ टोलीको सहभागिता रहनेछ । टी–२० फर्म्याटमा खेलाइने प्रतियोगितामा एकै दिन २ खेल हुनेछन् । पहिलो खेल बिहान ९ः३० बजे र दोस्रो खेल दिउँसो २ः३० बजे देखी सुरु हुनेछ ।

१ जुन २०२३ सम्म एशियाका शीर्ष ४ आइसीसी वरीयतामा रहेका टोलीहरूले क्वार्टर फाइनलमा सीधै प्रवेश पाउनेछन्। यो समयसीमा अनुसार बाँकी टोलीको र्याङ्किङ र खेल पनि तय हुनेछ ।

एसियाडमा भारतीय पुरुष टोलीको नेतृत्व ऋतुराज गायकवाड र महिला टोलीको कप्तानी हरमनप्रीत कौरले गर्नेछिन्।

एसियाडका लागि भारतीय महिला टोली : हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धाना (उपकप्तान), शेफाली वर्मा, जेमिमा रोड्रिग्ज, दीप्ती शर्मा, ऋचा घोष (विकेटकीपर), अमनजोत कौर, देविका वैद्य, अञ्जली सरवानी, तितास साधु, राजेश्वरी मिनु गायकवाड, कनिका आहुजा, उमा क्षेत्री (विकेटकिपर) र अनुशा बरेडी।

स्ट्यान्डबाइः हरलिन देओल, काशवी गौतम, स्नेह राणा, साइका इशाक र पूजा वस्त्रकार।

भारतीय पुरुष टोली : ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकीपर), वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे र प्रभसिमरन सिंह (विकेटकिपर)।

स्ट्यान्डबाइः यश ठाकुर, साई किशोर, वेंकटेश अय्यर, दीपक हुड्डा र साई सुदर्शन।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.