चुम्बन घटनापछि फिफाले गर्यो स्पेनिस फुटबल महासंघका अध्यक्षलाई कारबाही
काठमाडौंँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई ९० दिनका लागि निलम्बन गरेको छ । फिफा महिला विश्वकपको फाइनलमा स्पेनिस खेलाडी जेनी हर्मोसोसँग चुम्बनको घटनापछि यो कदम चालिएको हो। फिफाको अनुशासन समितिले यस विषयमा छानबिन गर्ने र रुबियाले त्यसबेलासम्म महासंघको कुनै पनि गतिविधिमा भाग लिन नपाउने जनाएको छ।
फिफा महिला विश्वकप फाइनल अवार्ड समारोहमा रुबियालेसले हर्मोसोलाई चुम्बन गरेपछि यो घटनाले विश्वभर सनसनी मच्चाएको थियो। स्पेनका प्रधानमन्त्रीले पनि घटनाबारे ध्यानाकर्षण भएको र रुबियालेसको माफी पर्याप्त नभएकोमा जोड दिए। हर्मोसोले स्पेनिस एफए अध्यक्षको व्यवहारसँग आफू सहमत नभएको बताइसकेकी छन । तर रुबियालेसले आफूले सीमा नाघेको भन्दै आफ्नो पदबाट राजीनामा दिन अस्वीकार गरेका थिए।
लुइस रुबियालेसले स्पेनिस फुटबल महासंघको अध्यक्ष पदबाट राजीनामा नदिने बताएका छन् । यसअघि मिडियामा लुइसले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनसक्ने खबर आएको थियो । रुबियल्सले सोमबार घटनाको लागि माफी मागे, तर राजीनामा गर्न अस्वीकार गरे ।

टिप्पणी लेख्नुहोस्