लेख विवरण

एसिया कपअघि पाकिस्तानले जित्यो एकदिवसीय सिरीज

एसिया कपअघि पाकिस्तानले जित्यो एकदिवसीय सिरीज

काठमाडौंँ । एसिया कप अघि पाकिस्तानले अफगानिस्तानलाई एकदिवसीय सिरिजमा ह्वाइटवाश गरेको छ । टोलीले कोलम्बोमा खेलिएको सिरिजको अन्तिम खेलमा १०२ रनको ठूलो जित दर्ता गरेको छ । पाकिस्तानका लागि कप्तान बाबर आजम र मोहम्मद रिजवानले अर्धशतक जोडे। बलिङमा शादाब खानले सर्वाधिक ३ विकेट लिए । 

अफगानिस्तानका लागि अन्तिममा मुजिब–उर–रहमानले ५ छक्का र ५ चौका प्रहार गर्दै टोलीलाई जिताउने प्रयास गरे । तर उनको अर्धशतक टोलीको जितका लागि पर्याप्त भएन।

पाकिस्तान र अफगानिस्तानबीच पहिलो पटक एकदिवसीय सिरिज भएको हो । यसअघि पाकिस्तानले पहिलो एकदिवसीय खेल १४२ रन र दोस्रो एकदिवसीय एक विकेटले जितेको थियो । टोलीले तेस्रो एकदिवसीय ६४ रनले जित्यो। दुई टोलीबीच अहिलेसम्म ७ ओडिआई खेल खेलिएको छ, जसमा सबै खेल पाकिस्तानले जितेको छ । यस सिरिजअघि एसिया कप र विश्वकपमा मात्रै दुवै टोलीले ४ वटा एकदिवसीय खेल खेलेका छन् ।

अफगानिस्तानलाई ३–० ले हराएपछि पाकिस्तान आईसीसीको एकदिवसीय टिम वरियतामा नम्बर १ बनेको छ । टोलीले ११८ अंक जोडेको छ । दोस्रो नम्बरमा रहेको अष्ट्रेलियाको पनि ११८ अंक रहेको छ तर अंकका कारण पाकिस्तान शीर्ष स्थानमा छ । भारत ११३ अंकसहित तेस्रो स्थानमा छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानी टोलीको सुरुवात राम्रो हुन सकेन । टोलीले ५२ रनमा फखर जमान (२७ रन) र इमाम उल हक (१३ रन)को विकेट गुमाएको थियो । त्यहाँबाट कप्तान बाबर आजम र मोहम्मद रिजवानले इनिङ्स सम्हालेका थिए । दुवैले तेस्रो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी गरे।

बाबर ६० रन बनाएर राशिद खानको शिकार बने र मोहम्मद रिजवानसँगको उनको शतकीय साझेदारी टुट्यो । बाबरपछि रिजवान पनि ७९ बलमा ६७ रन बनाएर आउट भए । उनलाई फरीद खानले एलबीडब्ल्यू गरे । दुवै आउट भएपछि आगा सलमानले ३८ र मोहम्मद नवाजले ३० रन बनाएर टोलीको स्कोर २५० रन पुर्याए ।

बाँकी ब्याट्सम्यानमा साउद शकीलले ९, शादाब खानले ३ र फहिम अशरफ(शाहीन अफ्रिदीले २–२ रन बनाए । टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६८ रन बनाएको थियो ।

अफगानिस्तानका गुलबदिन नाइब र फरीद अहमदले २–२ विकेट लिए । फजलहक फारुकी, मुजिब उर रहमान र राशिद खानले १–१ विकेट लिए । पाकिस्तानका एक खेलाडी रन आउट भए।

२६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान टोलीको सुरुवात खराब रह्यो । दोस्रो एकदिवसीयमा शतक प्रहार गरेका विकेटकिपर रहमानउल्लाह गुरबाज ५ रन बनाएर एलबीडब्लू भए । उनीपछि रियाज हसन ३४, कप्तान हसमतुल्लाह शाहिदी १३, मोहम्मद नाबी ३, राशिद खान १६, फरीद अहमद १७ र फजलहक फारुकीले मात्र ६ रन बनाउन सके ।

मुजिब–उर रहमानले ४ छक्का र ३ चौका प्रहार गर्दै अन्तिममा अर्धशतक पूरा गरे । तर उनी पनि ६४ रन बनाएर आउट भए ।

पाकिस्तानका लेग स्पिनर शादाब खानले सर्वाधिक ३ विकेट लिए । फहिम अशरफ, शाहिन अफ्रिदी र मोहम्मद नवाजले २–२ विकेट लिए भने आगा सलमानले एक विकेट लिए ।

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.