एसिया कप २०२३ : नेपाल विरुद्ध यस्तो हुनसक्छ पाकिस्तानको प्लेइङ ११
काठमाडौंँ । एसिया कप २०२३ को उद्घाटन खेलमा नेपाल र पाकिस्तान मुल्तानमा भिड्ने भएका छन् । अगस्ट ३० बाट सुरुहुने प्रतियोगिताको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ ।
नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाउदै छ । जहाँ नेपाली टोलीले एकदिवसीय वरियताको शिर्ष स्थानमा रहेको पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतसँग खेल्दैछ । भारतसँगको खेल नेपालले सेप्टेम्बर ४ मा श्रीलंकको क्यान्डीमा खेल्नेछ ।
पहिलो पटक पाकिस्तानको राष्ट्रिय टोलीसँग खेल्न लागेको नेपालका लागि खेलमा पाकिस्तानको सम्भावित प्लेइङ एघार कस्तो हुनेछ ? आज हामी यसको बारेमा चर्चा गर्नेछौं ।
फखर जमान र इमाम उल हकको ओपनिङ
नेपालविरुद्धको खेलमा पाकिस्तानका फखर जमान र इमाम उल हकले इनिङको सुरुवात गर्नेछन् । त्यसपछि तेस्रो नम्बरमा कप्तान बाबर आजम र चौथो नम्बरमा विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले खेल्ने सम्भावना रहेको छ । यी दुवै खेलाडीले टी–२० फर्म्याटमा ओपनिङ गर्ने भए पनि यसपटक एसिया कप एकदिवसीय फर्म्याटमा खेलाइँदैछ । यस्तो अवस्थामा यी दुवै खेलाडी तेस्रो र चौथो नम्बरमा खेल्नेछन् ।
पाकिस्तानको मिडल अर्डरको कुरा गर्दा सलमान अली आगा पाँच नम्बरमा र इफ्तिखार अहमद छैठौं नम्बरमा ब्याटिङ गर्नेछन्। त्यसपछि शादाब खान र मोहम्मद नवाजको जोडीलाई देख्न सकिनेछ । यी दुवै खेलाडी बल र ब्याट दुवैमा आफ्नो टोलीका लागि म्याच विनर साबित हुन सक्छन्।
फास्ट बलिङ पाकिस्तानको सबैभन्दा बलियो पक्ष
शादाब र नवाजको रुपमा टोलीमा दुई स्पिनर रहनेछन् । फास्ट बलिङमा शाहिन शाह अफ्रिदी, नसीम शाह र हरिस रउफ देखिनेछ । यद्यपि, टोलीमा मोहम्मद वासिम जुनियर पनि अर्को घातक बलरका रुपमा रहेका छन् । तर वासिम बेन्चमा बस्न सक्नेछन्।
नेपाल विरुद्ध पाकिस्तानको सम्भावित प्लेइङ ११ : फखर जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), इफ्तिखार अहमद, सलमान आगा, शादाब खान, मोहम्मद नवाज, नसीम शाह, शाहीन शाह अफ्रिदी र हरिस रउफ।

टिप्पणी लेख्नुहोस्