एसिया कप २०२३ : नेपाल विरुद्ध पाकिस्तानको प्लेइङ इलेभेन घोषणा
काठमाडौंँ । एसिया कप २०२३ को पहिलो खेल बुधबार हुँदैछ । पहिलो खेलमा घरेलु टोली पाकिस्तानले नेपालको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तानमा हुनेछ । यो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
नेपालविरुद्धको खेलका लागि पाकिस्तानले आफ्नो प्लेइङ–११ घोषणा गरेको छ । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानी टोलीमा अलराउन्डर शादाब खानलाई उपकप्तान बनाइएको छ । फखर जमान र इमाम उल हक पाकिस्तानको प्लेइङ इलेभेनमा ओपनर जोडी रहेका छन् । योसँगै मोहम्मद रिजवान विकेटकिपरको भूमिकामा हुनेछन् ।
पाकिस्तानी मिडल अर्डरमा सलमान अली आगा, इफ्तिखार अहमद, मोहम्मद नवाज जस्ता खेलाडी हुनेछन्। फास्ट बलरको कुरा गर्दा नसीम शाह बाहेक शाहिन अफ्रिदी र हरिस रउफको नाम प्लेइङ इलेभेनमा समावेश छ ।
नेपाल विरुद्ध पाकिस्तानको प्लेइङ ११ : बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), फखर जमान, इमाम उल हक, सलमान आगा, इफ्तिखार अहमद, मोहम्मद रिजवान (विकेटकीपर), मोहम्मद नवाज, नसीम शाह, शाहीन शाह अफ्रिदी र हरिस रउफ ।

टिप्पणी लेख्नुहोस्