एकदिवसीय क्रिकेटमा रोहित १५ सय रन नजिक
काठमाडौंँ । एकदिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी रोहित पौडेल १५ सय रन नजिक पुगेका छन् । उनी १५ सय रन बनाउनबाट मात्र ३१ रन टाढा रहेका छन ।
बुधवार पाकिस्तान विरुद्धको खेलमा रोहितले ३१ रन जोड्न सफल भएमा उनी नेपालका लागि १५ सय रन बनाउने पहिलो खेलाडी बन्ने छन् ।
रोहित नेपालका लागि अहिले सम्म ५२ एकदिवसीय खेल खेलेका छन् । यस क्रममा उनले १ सतक र ८ अर्धसतक प्रहार गर्दै १ हजार ४ सय ६९ रन बनाएका छन् । एकदिवसीयमा रोहितको उच्च स्कोर १ सय १७ रन रहेको छ ।
रोहितले सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।
सन् २०१८ मा डिभिजन २ मा नामिबिया विरुद्ध डेब्यू गरेका रोहितले त्यसपछि लगातार उच्च प्रदर्शन गर्दै आएका छन्।

टिप्पणी लेख्नुहोस्