लेख विवरण

मेस्सीको कप्तानीमा रहेको मियामी नास्भिलसँग बराबरीमा रोकियो

मेस्सीको कप्तानीमा रहेको मियामी नास्भिलसँग बराबरीमा रोकियो

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा नास्भिल एफसीसँग अङ्क बाँडेको छ ।

घरेलु मैदानमा बिहीबार बिहान भएको खेलमा मियामी नास्भिलसँग गोलरहित बराबरीमा रोकियो । बल पोसेसनमा अब्बल देखिएपनि मियामीले गोल गर्न सकेन ।

बराबरीसँगै मियामीले २४ खेलबाट २२ अङ्क बनाएको छ । मियामी अहिले तालिकाको १४औँ स्थानमा छ । २६ खेल सकेको निस्भिल ३९ अङ्कसहित सातौँ स्थानमा छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.