लेख विवरण

एसिया कप क्रिकेट : श्रीलंकाविरुद्ध बंगलादेशले टस जितेर ब्याटिङ गर्दै

एसिया कप क्रिकेट : श्रीलंकाविरुद्ध बंगलादेशले टस जितेर ब्याटिङ गर्दै

काठमाडौंँ । एसिया कप २०२३ को दोस्रो र समूह बी को पहिलो खेल बंगलादेश र श्रीलंकाबीच क्यान्डीको पल्लेकेले स्टेडियममा सुरु भएको छ । खेलमा बंगलादेशको टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । दुवै टोली आफ्ना केही महत्वपूर्ण खेलाडीबिना प्रतियोगितामा खेल्न आएका छन् । श्रीलंकाले यस खेलका लागि मथिशा पाथिराना र दुनिथा भेलाजलाई प्लेइङ ११ मा राखेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका बंगलादेश टोलीका कप्तान शकिब अल हसनले विकेट निकै सुख्खा रहेको बताए । उनले जारी खेलमा राम्रो स्कोर बनाउने प्रयास गर्ने बताए। शकिबले भने, हामीलाई थाहा छ श्रीलंका धेरै राम्रो टोली हो। हामीले ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रो प्रदर्शन गर्नुपर्छ । यो खेलमा हामी ३ फास्ट बलर र ३ स्पिनरसँग खेलिरहेका छौँ ।

श्रीलंकाली टोलीका कप्तान दासुन शनाकाले टसपछि भने, ‘हामी पनि पहिले ब्याटिङ गर्न चाहन्थ्यौँ, तर वर्षाको सम्भावना भएकाले टस हार्नु राम्रो हो । यो विकेटले दोस्रो इनिङ्समा पनि राम्रो खेल्नेछ । हामीलाई थाहा छ हाम्रा ४ प्रमुख खेलाडी घाइते छन् । हामीले त्यसलाई ढाक्ने प्रयास गरेका छौं । मलाई यो विकेटमा बल अलिकति टर्न हुने आशा छ। हामी ६ ब्याट्सम्यान, २ अलराउन्डर र ३ फास्ट बलरसँग खेलिरहेका छौं ।

दुबै टोलीको प्लेइङ इलेभेन :

श्रीलंका : पाथुम निशान्का, दिमुथ करुणारत्ने, कुसल मेन्डिस (विकेटकीपर), सिदिरा समाराविक्रमा, चरित असालान्का, धनंजया डी सिल्भा, दासुन शानाका (कप्तान), डुनिथ भेलेज, महेश तिस्चना, कसुन रन्जिथा र मथिशा पाथिराना।

बंगलादेश : मोहम्मद नइम, तान्जिद हसन, नजमुल हुसेन शान्तो, तौहिद हरदोय, शकिब अल हसन (कप्तानं), मुशफिकुर रहिम (विकेटकिपर), मेहदी हसन मिराज, मेहदी हसन, तस्किन अहमद, शोरिफुल इस्लाम र मुस्ताफिजुर रहमान।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.