बंगलादेश र श्रीलंकाबीचको खेलमा कसरी सुरु भयो ‘नागिन डान्स’ ?
काठमाडौंँ । एसिया कप २०२३ को दोस्रो र समूह बी को पहिलो खेल बंगलादेश र श्रीलंकाबीच क्यान्डीको पल्लेकेले स्टेडियममा सुरु भएको छ । खेलमा बंगलादेशको टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पछिल्ला केही वर्षयता श्रीलंका र बंगलादेशबीचका खेलहरू नागिन डान्सका कारण चर्चामा रहेका छन् । एसिया कपमा पनि यी दुई देशबीच प्रतिस्पर्धा हुँदा मैदानमा नागिन डान्सको दृश्य देख्न सकिन्छ । तर, आज हामी तपाईलाई यी दुईबीच नागिन डान्सको लडाई कसरी सुरु भयो भन्ने कुरा बताउनेछौँ ।
ईएसपीएन क्रिकइन्फोको रिपोर्ट अनुसार नागिन डान्सको सुरुवात बंगलादेश प्रिमियर लिगबाट भएको हो। वेस्ट इन्डिजका पूर्व कप्तान ड्यारेन शामीले बंगलादेशका स्पिनर नजमुल इस्लामलाई सर्प जस्तै भएको बताएका थिए । त्यसपछि नजमुलले हरेक पटक विकेट लिदा नागिन डान्स गर्न थाले ।
सन् २०१८ मा श्रीलंकाले बंगलादेशको भ्रमण गर्दा यो कथा फेरि सुरु भयो। श्रीलंकाविरुद्ध विकेट लिएपछि बंगलादेश नजमुलले नागिन डान्स गर्न थाले । पछि श्रीलंकाली खेलाडीले नजमुलको खिल्ली उडाउँदै त्यही शैलीको नक्कल गरे । बंगलादेशका रहिमलाई यो कुरा मन परेन र निबास ट्रफी जितेपछि बंगलादेशका खेलाडीले नागिन डान्स गर्न थाले ।
यहीँबाट बंगलादेश र श्रीलंकाबीच नागिन डान्सलाई लिएर प्रतिस्पर्धा सुरु भयो ।र खेल जित्ने टोलीले नागिन डान्स गर्न थाले। दुवै टोलीका फ्यानले पनि त्यसै गर्न थाले ।नागिन डान्सलाई लिएर दुवै देशका खेलाडी र फ्यानबीच कयौं पटक झगडा पनि भएको थियो । तर, यो उत्सव अब बंगलादेश र श्रीलंकाको हरेक खेलको हिस्सा बनेको छ । जारी एसिया कपमा पनि दुवै देशका खेलाडीबीच नागिन नृत्यको उत्सव हुनु स्वभाविक हो ।
बंगलादेश र श्रीलंकाका खेलाडी र फ्यानबीचको यो प्रतिस्पर्धा मैदानमा मात्रै सीमित छ । दुई देशबीचको सम्बन्ध नितान्त सामान्य छ र उनीहरुबीच कुनै प्रकारको प्रतिस्पर्धा छैन ।

टिप्पणी लेख्नुहोस्