लेख विवरण

केएमसी अन्तरविद्यालय बास्केटबल भोलिदेखि

केएमसी अन्तरविद्यालय बास्केटबल भोलिदेखि

काठमाडौं । केएमसी स्कुलको आयोजनामा तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ४ विधामा ३८ टिमको सहभागिता रहने केएमसीका निर्देशक डा. मनोजकुमार थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान ८–८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सिनियर ब्वाइज सहभागी टिमलाई ४ समूह तथा जुनियर ब्वाइज र गर्ल्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

थ्री अन थ्री स्वरुपमा हुने शिक्षकको प्रतिस्पर्धामा ६ टिमले भाग लिने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने केएमसीका एकेडेमिक को–ओर्डिनेटर इन्द्रमणि ज्ञवालीले बताए ।

केएमसीका प्रिन्सिपल द्धारिकानाथ अम्गाईंले विद्यालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन र विद्यार्थीलाई खेलमा लाग्न प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

भदौ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.