लेख विवरण

कराते टोलीलाई अस्ट्रेलियाबाट सहयोग

कराते टोलीलाई अस्ट्रेलियाबाट सहयोग

काठमाडौंँ । हाल अस्ट्रेलियामा बसोबास गर्ने पूर्व राष्ट्रिय कराते खेलाडी सुजन श्रेष्ठले नेपाली राष्ट्रिय कराते टोलीलाई १ लाख ६५ हजार रुपैयाँ बराबरको खेल पोशाक प्रायोजन गरेका छन् ।

उनले राष्ट्रिय ‘ए’ टोलीलाई ट्रयाक सुट तथा ‘बी’ लाई टिसर्ट प्रायोजन गरेको कराते प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।

लामो समय नेपाली करातेमा विताएका उनले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी सकेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.