लेख विवरण

पीइएफको आयोजनामा शुक्रबार टेबलटेनिस प्रतियोगिता हुने

पीइएफको आयोजनामा शुक्रबार टेबलटेनिस प्रतियोगिता हुने

काठमाडौं । प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) ले शुक्रबार अन्तरविश्वविद्यालय टेबलटेनिस प्रतियोगिता आयोजना गरेको छ ।

सेन्ट लरेन्स स्कुलको प्रायोजनमा ब्वाइज/गल्र्स सिंगल्स प्रतियोगिता आयोजना गरिएको रेफ्री नवीन सिंहले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न विद्यालयका १० देखि १० जना खेलाडीको सहभागिता रहने सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जनले जानकारी दिए ।

ब्वाइज र गल्र्सका खेलाडीलाई दुई समूहमा विभाजन गरी लिगलेस नकआउटका आधारमा खेल खेल्छन् ।

समूहका शीर्ष दुई खेलाडी सेमिफाइनलमा गर्नेछन् ।

एक दिवसीय प्रतियोगिता चावहिलस्थित सेन्ट लरेन्समा खेलाइनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.