लेख विवरण

एकदिवसीय क्रिकेटमा लगातार ११ औँ जितसँगै एसिया कपमा श्रीलंकाको विजयी सुरुवात

एकदिवसीय क्रिकेटमा लगातार ११ औँ जितसँगै एसिया कपमा श्रीलंकाको विजयी सुरुवात

काठमाडौंँ । डिफेन्डिङ च्याम्पियन श्रीलंकाले सन् २०२३ एसिया कपको आफ्नो पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गरेको छ । श्रीलंकाका बलरहरुको उत्कृष्ट प्रदर्शनका कारण बंगलादेशको टोली १६४ रनमा सिमित भएको थियो । त्यसपछि श्रीलंकाको टोलीले ३९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । टोलीका लागि चरित असालान्का र सदीरा समराविक्रमा अर्धशतकीय पारी खेले ।

१६५ रनको लक्ष्य पछ्याउन मैदान आएको श्रीलंकाको सुरुवात राम्रो हुन सकेन । १३ रनको स्कोरमा टोलीलाई पहिलो झटका दिमुथ करुणारत्नेको रूपमा लाग्यो भने १५ रनको स्कोरमा पाथुम निशाङ्कको रूपमा श्रीलंकालाई दोस्रो झटका लाग्यो। र त्यसपछि टोली समस्यामा देखिन थाल्यो । यस्तो अवस्थामा सादिराले समरविक्रमासँग तेस्रो विकेटका लागि कुसल मेन्डिससँग २८ रनको साझेदारी गर्दै इनिङ्सलाई नियन्त्रण गर्ने प्रयास गरे ।

यसैबीच, बंगलादेशका कप्तान शकिब अल हसनले ४३ रनको स्कोरमा कुसल मेन्डिसको रूपमा श्रीलंकालाई तेस्रो झटका दिए । र खेल पुनः बंगलादेशतर्फ मोडियो।

कुसल मेन्डिस आउट भएपछि ब्याटिङमा आएका चरिथ असालान्काले सदिरा समराविक्रमासँग सावधानीपूर्वक खेल्दै इनिङ्सलाई अगाडि बढाए । यी दुईबीच चौथो विकेटका लागि ११९ बलमा ७८ रनको साझेदारीले खेललाई पूर्णरूपमा श्रीलंकातर्फ मोड्यो । ५४ रनको इनिङ्स खेलेर समरविक्रमा प्याभिलियन फर्कँदा श्रीलंकाको स्कोर १२१ रन भएको थियो।

१२८ रनको स्कोरमा श्रीलंकालाई पाँचौं झट्का लाग्दा खेल फेरि रोमाञ्चक बनेको थियो तर चरित असालान्का र कप्तान दासुन शानाकाले ३७ रनको साझेदारी गर्दै टोलीलाई रोमाञ्चक जित दिलाउन महत्वपूर्ण भूमिका खेले । चारिथ असालान्काले ९२ बलमा ६२ रनको अविजित इनिङ खेले ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.